ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट गृहमन्त्रीको दाबी– फरार कैदीबन्दी र लुटिएका हतियारले निर्वाचन बिथोलिँदैन

मङ्गलबार १६, मङि्सर २०८२ १२:५२

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार रहेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव बिथोलिने अवस्था नरहेको दाबी गरेका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटनमा बोल्दै उनले बाहिर रहेका लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता ल्याएर छोड्ने प्रतिबद्धता जनाए ।

‘लुटिएका हतियार धेरै ठुलो संख्यामा फिर्ता गरिसकेका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘केही अझै बाहिर छन् । त्यो पनि जफत गर्ने कुरा तीव्र रूपमा अघि बढिरहेको छ । जेजति हतियार र कैदीबन्दी बाहिर छन् फिर्ता ल्याउन विशेष रूपमा अप्रेसन चलाउँछौँ र चलाइरहेका पिन छौँ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारका कारण निर्वाचन नै बिथोलिने तहको अवस्था अहिले छैन ।’

लुटिएकामध्ये ७२७ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिँदै उनले जोखिमयुक्त हतियार अब कम मात्रामा बाहिर रहेको बताए । त्यस्तै, चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको र तीमध्ये गम्भीर प्रकृतिका कर्तव्य ज्यान, ज्यान मार्ने, अंगभंग कसुरका कैदीबन्दीको संख्या कम रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

प्रतिक्रिया