धनगढी । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । मार्तडीमा रहेको सागर ग्यारेजबाट सल्केको आगो निभाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मध्यान्न सवा १२ बजेतिर आगलागी सुरु भएको थियो र अहिले लगभग आगो नियन्त्रणमा आएको छ ।
जिल्लाभर दमकल नहुँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया