धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्स सबैभन्दा बढी समर्थक भएको टिमका रूपमा देखिएको छ । सोसल मिडियामा समेत अरु टिमभन्दा बढी फलोअर्स भएको रोयल्सले मैदानमा पनि उल्लेख्य दर्शकको साथ पाउने गरेको छ ।
यस्तै लिग चरणमा उसले खेल्ने बाँकी दुई म्याचको टिकट बिक्री भइसकेको छ । ४ डिसेम्बरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल छ । खल्ती एपमा यो खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । आगामी शनिबार अर्थात ६ डिसेम्बरमा हुने विराटनगर र सुदूरपश्चिमबीच हुने म्याचको समेत टिकट बिक्री भइसकेको छ ।
जबकि, २ डिसेम्बर अर्थात् आज भइरहेको जनकपुर र चितवन तथा पोखरा एभेञ्जर्स र कर्णाली याक्सबीचको म्याचका लागि अहिले पनि टिकट उपलब्ध छ । ३ डिसेम्बर अर्थात भोलि हुने विराटनगर भर्सेस लुम्बिनी लायन्सको म्याच हेर्न पनि टिकट पाइन्छ ।
त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म ५ म्याच खेलिसकेको छ, जहाँ दर्शक खचाखच थिए ।
प्रतिक्रिया