ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परशुराम नगरपालिकाले मनायो स्थापना दिवस

बुधबार १७, मङि्सर २०८२ १०:३९

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले स्थापना दिवस मनाएको छ । १२ वर्षअघि तत्कालीन जोगबुढा गाविस र शीर्ष गाविसलाई मिलाएर परशुराम नगरपालिका घोषणा गरिएको थियो । सोही अवसरमा स्थापना दिवस मनाइएको हो । 

परशुराम नगरपालिका जनसंख्या र भूगोल दुवैका हिसाबले डडेल्धुरा जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह हो । योवर्ष परशुराम नगरपालिकाले आफ्नो स्थापना दिवस मौलिक तवरले मनाएको छ । स्थापना दिवसको अवसरमा परशुराम नगरपालिकाले महाकाली नदी किनारस्थित स्कन्ध पुराणमा वर्णित पवित्र परशुरामधाममा सरसफाई तथा रङरोगन कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कर्मचारीहरु, जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पत्रकार लगायत आम स्थानीय बसीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसै अवसरमा परशुराम नगरपालिकाले आफ्नो कार्यपालिका बैठकसमेत महाकाली नदी किनारस्थित परशुरामधाममै राखी नगरबाट विविध विधामा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको मेयर भरत बडायर जोशीले बताए । 

जसअन्तर्गत परशुराम आइकन अवार्ड, परशुराम अचिभर्स अवार्ड, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, उत्कृष्ट निर्माण व्यवसायी, उत्कृष्ट खेलाडी, उत्कृष्ट कर्मचारी लगायतका विधामा विभिन्न व्यक्तिहरुलाई सम्मानित गगरिएको छ । 

परशुराम आईकन उपसचिव वीरबहादुर धामी र दीपक नेगीलाई प्रदान गरिएको छ । यस्तै, ५० हजार पुरस्कार राशिको परशुराम अचिभर्स अवार्ड राजेश जोशी र  आकृति पाण्डेयलाई, २५ हजार पुरस्कार राशिको उत्कृष्ट विद्यार्थी अवार्ड मोहन थापामगर, आयुस भट्ट, प्रतिभा भट्ट, किसोर गिरि, रितिका पनेरु, दिपेन्द्र बोहरा र खगन्ति बोहरालाई प्रादन गरिएको छ । 
५१ हजार पुरस्कारसहित उत्कृष्ट खेलाडी अवार्ड सुरेश चुनारा र पुष्पानाथ योगी तथा ५१ हजार पुरस्कार राशिकै उत्कृष्ट कृषक अवार्ड नरेन्द्र नेगी, मिलन घिमिरे तथा उत्कृष्ट निर्माण व्यवसायी पुरस्कार सिगास निर्माण सेवालाई प्रदान गरिएको छ । साथै स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको छ ।

प्रतिक्रिया