ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

होटलको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

बिहिबार १८, मङि्सर २०८२ १०:३३

चितवनको रत्ननगर नगरपालिका– ६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।

उनी  सिन्धुलीको कमलामाई नगरपालिका– ६ की स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया