धनगढी । डोटीमा जन्ती गइरहेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
जिल्लाको सायल गाउँपाबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र नेपालका अनुसार सायल गाउँपालिका–४ खालिखोला नजिक जिप दुर्घटना भएको हो । जिप सडकबाट ६० मिटर तल खसेको र घाइते ५ जनाको अवस्था सामान्य रहेको एसपी नेपालले बताए ।
प्रतिक्रिया