काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । ओली देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भेटवार्ता भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो ।
समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच भेटवार्तामा कुराकानी हुने बताइएको छ ।
प्रतिक्रिया