नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निकोल लोफ्टी इटोनले टस जितेर बलिङको निर्णय लिएका हुन् । जनकपुरले कप्तान फेरेको हो ।
लुम्बिनी जित निकाल्दै प्लेअफमा पुग्ने लक्ष्यमा छ । यसअघि चितवन, पोखरा र विराटनगरविरुद्ध जित निकालेको लुम्बिनीले सुदूरपश्चिम, काठमाण्डू र कर्णालीसँग हार व्यहोरेको थियो ।
यता, जनकपुर पनि जित निकाल्दै प्लेअफ सम्भावना जिवितै राख्न चाहन्छ । यसअघि काठमाण्डू, सुदूरपश्चिम, विराटनगर र पोखरासँग हार व्यहोरेको जनकपुरले चितवनविरुद्ध जित निकालेको थियो ।
प्रतिक्रिया