ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपीएलको फाइनल प्रवेशका लागि जनकपुरले पायो ११९ रनको लक्ष्य

बिहिबार ०४, पुष २०८१ ०२:१२

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफयारमा बिहीबार टस हारेको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दै ९ विकेटमा ११८ रन बनाएको छ । सुरुमै विकेट गुमाएको कर्णालीले लगातार अन्तरालमा विकेट गुमाएपछि फाइटिङ स्कोर बनाउन सकेन । अन्तिम ओभरमा कर्णालीका लागि युनिस ठकुरीले जेम्स निशमको बलिङमा ११ रन जोडेका थिए ।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए भने देव खनालले २४ रनको योगदान दिए । अन्य ब्याटरबाट राम्रो रन बन्न सकेन । पावर प्ले सकिँदा उसले दुई महत्वपूर्ण विकेट गुमाएको छ । एलिमिनेटरमा अर्धशतक बनाएका भारतीय खेलाडी जयकिसन कोसवालालाई जनकपुरका ललित राजवंशीले हर्ष ठाकरको हातबाट क्याच गराए । उनी एक रनमा आउट भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका देव खनाल पनि जेम्स निशमको बलमा आकाश त्रिपाठीबाट समातिए । उनले २० बलमा २४ रन बनाए । 

जनकपुरका लागि ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोहसिनले दुई दुई विकेट लिए । यो खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ भने पराजित टिम तेस्रो हुँदै प्रतियोगिताबाट बिदा हुनेछ ।

प्रतिक्रिया