डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माण एवम् सुशासनका समस्याबारे विभिन्न चार राजनीतिक दलले प्रश्न गरेका छन् । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष ओमप्रकाश जोशी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डाइमण्ड, रास्वपाका नगर सभापति लालबहादुर थापा र राप्रपाका प्रदेश कमिटी सदस्य पदमराज जोशीले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले निर्माण गरिरहेका विकास निर्माण एवम् पालिकामा आन्तरिक खरिद प्रकृयामा समेत पारदर्शिताको कमी भएको उल्लेख छ ।
उनीहरुले नगरपालिकामा भइरहेका फजुल खर्चहरु तत्काल रोक्न र राजनितक दल, व्यापारी, यातायात व्यवसायी, जनताप्रति नगरको हेर्ने दृष्टि तत्काल सुधार गर्न समेत माग गरेका छन् । आफूहरुले दिएका सुझावको बेवास्ता गरेको खण्डमा थप संर्घषका कार्यक्रमहरु गर्न बाध्य हुनेसमेत उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया