त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
लुम्बिनी इलिमिनेटरमा काठमान्डू गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही २७ मंसिर हुनेछ ।
प्रतिक्रिया