ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मलद्वारमा लुकाएको खैरो हेरोइनसहित युवक पक्राउ

शुक्रबार २६, मङि्सर २०८२ १२:३३

धनगढी । कैलालीमा लागूऔषध (खैरो हेरोइन)सहित एक जनालाई पक्राउ परेका छन् । मलद्वारमा खैरो हेरोइन लुकाएको अवस्थामा प्रहरीले लम्कीचुहा नगरपालिका–१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम खैरो हेरोइन लुकाएर ल्याउने क्रममा उनलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया