नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका अनुरोध गरिएको छ ।
पूर्वमन्त्री एवम् कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । उपाध्यायको गए राति निधन भएको थियो ।
प्रतिक्रिया