बाजुरा । एउटै निर्वाचन क्षेत्र रहेको बाजुरामा १३ जना उम्मेदवारको नाम सिफारिस भएको छ । काँग्रेसले प्रतिनिधिसभा प्रत्यक्षका लागि छ, समानुपातिकमा पाँच र राष्ट्रियसभाका लागि दुई जनाको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभातर्फ रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजंग बम, गुरुदेव केसी सुमन र योगेन्द्र रावल छन् । समानुपातिकामा निर्मलाकुमारी रावल कार्की, विद्यादेवी तिमिल्सेना, महाँ नेपाली, राधिका सिंह र सुनिता गुरुङ तथा देवराज जोशी र खम्बहादुर खातीको नाम राष्ट्रियसभाका लागि सिफारिस गरिएको छ ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेको नाम भने बाजुराबाट सिफारिस भएको छैन । ‘उहाँले अब आफू पार्टीमा काम गर्ने र उम्मेदवार नबन्ने भनेपछि उहाँको नाम सिफारिस नगरिएको हो,’ जिल्ला सभापति रामसिंह रावलले भने । पाण्डेले पनि यसअघि नै चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया