ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार बन्न ओली टिममा को– को अटाए ?

सोमबार २९, मङि्सर २०८२ १२:५७

धनगढी । एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाइसकेको छ । अध्यक्षमा केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूको टुंगो लगाएको हो ।

ओली टिमको पदाधिकरीमा सुदूरपश्चिमबाट लेखराज भट्टको नाम मात्रै छ । सूचीमा भट्टको नाम सचिवमा छ । तर, उनले सचिवमा नदोहरिने बताइसकेका छन् । 

यस्तै खुला सदस्यमा दामोदर भण्डारी, ऐनबहादुर महर, लालबहादुर थापा, गणेश ठगुन्ना, हरदेव जोशी, झपटबहादुर बोहरा, राजेन्द्रसिहं रावलको नाम छ । युवामा नरेश रोकाया तथा महिलामा सन्तोषकुमारी शर्मा, कमलाकुमारी बोहरा र निरुदेवी पाल ओली समूहमा अटाएका छन् । 

यस्तै, भूगोलको सदस्यतर्फ ओली समूहबाट पठानसिहं बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट र चक्र मल्ल उम्मेदवार बन्ने भएका छन् । 

भूगोलको युवा सदस्यमा गोविन्द गिरी, महिलामा कमला ओली, भागरथी सिहं र लिला भण्डारीको नाम छ । यस्तै, दलित सदस्यहरुमा बझाङका अफिलाल ओखेडा र बझाङकै आशा बिश्वकर्मा, थारुमा गौरिशकंर चौधरी र कृपाराम राना तथा लेखा आयोगमा इश्वरीप्रसाद खरेल उम्मेदवार बन्न ओली समूहमा अटाएका छन् । 
 

प्रतिक्रिया