धनगढी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो ।
सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई स्तब्ध पारेको हो ।
प्रतिक्रिया