धनगढी । नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट नेपाली खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् । उनले १० खेलमा २२७ रन बनाएका थिए भने १० विकेट पनि लिएका थिए । टिमलाई उपविजेतासमेत बनाएका थिए ।
उनले उमडाको ६२ लाखको कार पुरस्कार पाएका हुन् । यो पुरस्कारको दौडामा जनकपुर बोल्ट्स्का ललित राजवंशी र चितवन राइनोजका कप्तान कुशल मल्ल पनि थिए ।
तर, ऐरीले टिमलाई उपाधि दिलाउन नसके पनि सर्वोत्कृष्ट नेपाली खेलाडीको पुरस्कार पाएका हुन् । उनकै टिमबाट खेलेका इंग्ल्यान्डका अलराउन्डर सैफ अली जैब प्लेयर अफ द टुर्नामेन्ट भए भने ललित राजवंशी उत्कृष्ट बलर भए ।
प्रतिक्रिया