पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । यसका लागि लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेटर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने छ ।
यसअघि शुक्रबार यही प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा राई, लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो ।
प्रतिक्रिया