धनगढी । सेती प्रादेशिक अस्पतालमा मिर्गौला बिरामीको चाप बढेको छ । अस्पतालका अनुसार बिरामीको चाप बढेपछि इमर्जेन्सीबाहेक नयाँलाई डायलाइसिस सेवा दिन सकस भएको छ ।
अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार प्रादेशिक अस्पतालमा २१ वटा डायलाइसिस शय्या छन् ।
‘२१ शय्यामार्फत दुई सयभन्दा बढी नियमित बिरामीहरुको डायलाइसिस सेवा प्रवाह भइरहेको छ,’ श्रेष्ठले भने, ‘बिरामीहरुको अत्यधिक चापका कारण अब उपरान्त इमर्जेन्सीबाहेक नयाँ नियमित बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न नसकिने अवस्था छ ।’
प्रतिक्रिया