ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जनकपुरका समर्थकमाथि नश्लीय टिप्पणी गर्नेलाई कारबाही गर्न माग, मधेसी आयोगले गर्‍यो सिफारिस

आइतबार ०७, पुष २०८१ ०२:२३

धनगढी । मधेसी आयोगले जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ । पुस ४ गते भएको नेपाल प्रिमियर लिगअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा एउटा समूहले जनकपुर बोल्टसप्रति लक्षित गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाएको आयोगले जनाएको छ । 

नश्लीय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै पनि तवरले असह्य रहेको ठम्याइ आयोगको छ । ‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टीएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ। कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता(संस्कृति(प्रथा(परम्परा(सोच(व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ,’ आयोगले विज्ञप्ति निकालेर भनेको छ ।

संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ ।

‘अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ। एनपिएलमा जनकपुरका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको छ,’ आयोगले भनेको छ ।

तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ । 

यस्तै, जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय टिप्पणी भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले दुःख प्रकट गरेका छन् । साथै उनले त्यस्तो हर्कत गर्नेहरूमाथि कारबाही गर्नसमेत माग गरेका छन् ।  सिके राउत नेतृत्वको जनमत पार्टीले पनि जनकपुर बोल्टसका समर्थकमाथि आक्रमण र अपमान गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया