ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गैसस महासंघ सुदूरपश्चिमको अध्यक्षमा पुनः खनाल

शुक्रबार २५, पुष २०८२ १२:३८

धनगढी । गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो अधिवेशनबाट देवीप्रसाद खनाल पुनः अध्यक्षमा चयन भएका छन् ।

महासंघको यसअघि पनि अध्यक्ष रहेका खनालको अध्यक्षतामा बिहिबार धनगढीमा सम्पन्न अधिवेशनले नौ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपादक्षमा रामेन्दकहादुर ठगुन्ना, सचिवमा नरेशप्रसाद ओझा, उपसचिवमा शिवराज उपाध्याय र कोषाध्यक्षमा सीमाकुमारी चौधरी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा दुर्गाकुमारी नेपाली, गोविन्दराज जोशी, बिमला ओझा भट्ट र शिवि लुहारलाई चयन गरेको अध्यक्ष खनालले बताए । अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, महासचिव देवी खड्का लगायत नागरिक समाज संघसंस्थाहरुको सहभागिता थियो ।

प्रतिक्रिया