डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जिप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा उनको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो ।
उनलाई उपचारका लागि करीब ७.३० बजे अस्पताल पुर्याइएकोमा डाक्टरले चेकजाँच गर्दा ८.१५ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बोगटानबाट दीपायलतर्फ गइरहेको सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जिप धौलाबस्ती भन्ने ठाउँमा दुर्घटना चार जना घाइते भएका थिए ।
घाइते तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया