धनगढी । कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी भएको हो । ‘आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरेका छौं,’ प्रहरी निरीक्षक खड्काले भने, ‘मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा नौं लाख, लब्ली टेलर्समा पाँच लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोड बढीको क्षति भएको छ ।’
प्रहरी निरीक्षक खड्काका अनुसार विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको हो । धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया