ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका थारु गाउँमा चुनिन थाले नयाँ भल्मन्सा

शुक्रबार ०२, माघ २०८२ ०३:२४

धनगढी । कैलालीका थारु गाउँमा नयाँ भल्मन्सा चुनिन थालेका छन् । माघ महिनाको दोस्रो दिनदेखि थारु गाउँमा शुरु भएको माघी देवानी (बखेरी/खोज्नी–बोज्नी/भुराखेल) बाट नयाँ भल्मन्सा चयन भइरहेको हो ।

शुक्रबार गोदावरी नगरपालिका वडा नं. ८ फकलपुर गाउँको बखेरीबाट स्थानीय यमबहादुर चौधरी भल्समन्सा छनौट भएका छन् । स्थानीय थारु नेता माधव चौधरीले ओर्गानमा गोपिलाल चौधरी, भल्मन्सा सहयोगीमा भागीराम चौधरी, छबिलाल चौधरी, लाल बहादुर चौधरी, धनलाल चौधरी र फुलाराम चौधरी गरी सात सदस्यीय भल्मन्सा समिति गठन भएको बताए ।

बखेरीले टिहाई (भल्मन्सालाई दिइने पारिश्रमिक बाली) भल्मन्सालाई १५ किलो धान, ओर्गान १५ किलो धान वार्षिक प्रति घरपरिवारले दिने निर्णय भएको नेता चौधरीले बताए । उनले गाउँको बैठकमा अनुस्थिति हुनेलाई प्रति बैठक ५० रुपैयाँ र बेगारीमा अनुस्थिति हुनेलाई प्रति बेगारी पाँच सय रुपैया जरिवाना निर्धारण गरिएको जनाए । गाउँघरको सडक सरसफाई गर्ने, सडक बिजुली जडान गर्ने र चौक, सडक नामाकरण साइनबोर्ड लगाउने र गाउँ सुधारका कार्यमा सबै घरपरिवार एकजुट भएर लाग्ने निर्णय भएको बताए ।

यसैगरी, कैलारी गाउँपालिका वडा नम्बर–५ जब्डौह्वा गाउँको शुक्रबार भएको भुराखेलबाट पनि नयाँ भल्मन्सा समिति चयन भएको छ । भल्मन्सामा ठग्गु चौघरी, सचिवमा दिपक चौघरी र अघारीयमा मिलाराम चौघरी गरी तीन सदस्य भल्मन्सा समिति गठन गरिएको हो । 

प्रतिक्रिया