ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा एमालेले गर्‍यो दुई क्षेत्रमा उम्मेदवार फेरबदल

आइतबार ०४, माघ २०८२ ०३:४३

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार फेरेको छ । बझाङ र कञ्चनपुर-१ मा उम्मेदवार फेरबदल गरिएको हो ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बझाङमा ऐन महरले र कञ्चनपुर-१ मा तारालामा तामाङले टिकट पाएका छन् ।

हिजो बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । ओखेडा बझाङबाट सिफारिससमेत भएका थिएनन् ।
उनलाई ब्याक गरेर महरलाई टिकट दिइएको हो । अघिल्लो निर्वाचनमा बझाङबाटै चुनाव लडेका महर तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीसंग पराजित भएका थिए ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी बिना मगरलाई पराजित गरेका थिए ।

प्रतिक्रिया