काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । डंगोलले अनलाइनखबरसँग भनिन्, ‘हो, उहाँको राजीनामा आएको हो । मलाई नै बुझाउनुभएको छ ।’
उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।
रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा वरिष्ठ नेता शाह पार्टी कार्यालय पुगेका छन् । उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड छ ।
उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरे । बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।
प्रतिक्रिया