ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली क्षेत्र नं. ५ मा दलहरुलाई उम्मेदवारी दर्ता गराउन आलोपालो समय

आइतबार ०४, माघ २०८२ ०५:४४

धनगढी । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय तालिका दिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते हुने उम्मेदवारी दर्ताका लागि आलोपालो मिलाउन मुख्यम निर्वाचन अधिकृतको कार्यालयले कैलाली निर्वाचन क्षेत्र नं. ५ को समय तालिताका सार्वजनिक गरेको हो । सहायक निर्वाचन अधिकृत चेतराज पन्तले हस्ताक्षर गरेको सूचनामा उम्मेदवारी दर्ताको गर्ने समयको सुरक्षा संवेदनशीलता समेतलाई मध्यनगर गरी आलोपालो मिलाएको उल्लेख छ ।

समय तालिका अनुसार बिहान साढे १० बजेदेखि मध्यान्ह १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलहरुलाई मनोनयनको सयम दिइएको छ । मध्यान्ह १२ बजेदेखि साढे १२ बजेसम्म नागरिक उन्मुक्ति पार्टीलाई, साढे १२ बजेदेखि १ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीलाई, १ बजेदेखि २ बजेसम्म नेपाली कम्युनिष्ट पार्टीलाई, २ बजेदेखि ३ बजेसम्म नेपाली कांग्रेसलाई, ३ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रिय जनमोर्चालाई, दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्म नेकपा संयुक्तलाई र ४ बजेदेखि ५ बजेसम्म नेकपा एमालेलाई समय दिइएको छ ।

प्रतिक्रिया