धनगढी । नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका पछिल्ला तीनवटै चुनावमा डोटीबाट ‘ह्याट्रिक’ गरेका आले यसपटक कैलाली झरेका हुन् । नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ।
मुलुक संघीय संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको माग गर्दै धनगढीमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनको नेतृत्वकर्तामध्ये एक आलेको बसोबास धनगढीमा पनि छ ।
प्रतिक्रिया