धनगढी । डडेल्धुरामा मतगणना सुरु भएको छ । परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा अहिलेसम्म एक हजार ३१२ मत गणना भएको छ ।
त्यहाँ रास्वपाका तारा जोशीले अग्रता लिएका छन् । उनले ४७८ मत पाएका छन् । यस्तै, नेकपाका मानसिंह मालले २९१ र कांग्रेसका नैनसिंह महरले २७८ मत पाएका छन् ।
एमालेका चक्र स्नेहीले १५३ मत पाएका छन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।
प्रतिक्रिया