ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेकपा संयोजक दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराए

मङ्गलबार ०६, माघ २०८२ ०३:५९

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

दाहालले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको बताएका छन् ।

दाहाल गोरखा २ छाडेर पूर्वमाओवादीको प्रभाव क्षेत्र रुकुम पूर्वबाट उम्मेदवार भएका छन् । उनी सुरक्षित क्षेत्र खोज्दै त्यहाँ पुगेका हुन् ।

नेकपा संयोजक दाहालले ‘मर्निङ वाक’ बाट रुकुम पूर्वमा चुनावी अभियान सुरु गरिसकेका छन् । सोमबार उम्मेदवारी दिन रुकुम पूर्व पुगेका उनले मंगलबार बिहान बिहानी हिँडाइका क्रममा स्थानीयसँग चुनावी कुराकानी गरेको केन्द्रीय सदस्य केशव रावलले बताए ।

प्रतिक्रिया