धनगढी । प्रनिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सकिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्धारित समयमा कैलालीका ५ निर्वाचन क्षेत्रमा ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. २ मा १६ जना, क्षेत्र नं. ३ मा १० जना, क्षेत्र नं. ३ मा १४ जना र क्षेत्र नं. ५ मा १४ जनाको उम्मेदवारी परेको छ । मनोनयनको समय सकिएपनि दर्ता गराउन आएका उम्मेदवारहरूको उम्मेदवारी दर्ता र कागजात रूजु गर्ने कार्य जारी रहेको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका सूचना अधिकारी राजेश चाैधरीले बताए ।
प्रतिक्रिया