धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका गोरख बहादुर विष्ट (आनन्द) ले वारिसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
उनको वारेस तेज खड्काले उम्मेदवारी दर्ता गराएका थिए । विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करन साउँद छन् । विष्ट काठमाण्डौंमा रहेकाले वारिसनामा पठाएको कांग्रेस बताइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर ४ ले उक्त क्षेत्रमा १५ जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ । कार्यालयले अझै दुई जना उम्मेदवारको उम्मेदवारी दर्ता हुने क्रममै रहेको जनाएको छ ।
प्रतिक्रिया