ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा ११ जनाको उम्मेदवारी

मङ्गलबार ०६, माघ २०८२ ०६:४१

धनगढी । प्रतिनिधि सभा सदस्यका लागि दार्चुला जिल्लामा ११ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मंगलबार एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ पार्टीबाट उम्मेदावरी दर्ता भएको छ ।

संघीय लोकतात्रिक मञ्चबाट गगन ठगुन्ना, नेकपा एमालेबाट गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेकपा (माओवादी) बाट नवराज भट्ट, आम जनता पार्टीबाट प्रेमसिं बडाल, नेपाल मजदर किसान पार्टीबाट रमेशकुमार रावल, राप्रपाबाट राजेश चन्द, रास्वपाबाट रामेशसिंह सामन्त (साउद), नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मणदत्त जोशी, नेकपा संयुक्तबाट विद्यादेवी जोशी र राजष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया