ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा उम्मेदवारको नामावली प्रकाशित, ५ वटा क्षेत्रमा ७८ जना उम्मेदवार

मङ्गलबार ०६, माघ २०८२ ०८:५०

धनगढी । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रको प्रनिनिधि सभा निर्वाचनका उम्मेदवारको नामावली प्रकाशन भएको छ ।

कैलालीमा आज भएको उम्मेदवारी दर्तामा ५ निर्वाचन क्षेत्रमा ७८ जनाले उम्मेदवारी कायम भएको छ ।

कुल ७९ जनाको उम्मेदवारी दर्ता भएकोमा रास्वपाले क्षेत्र नम्बर ४ मा हरि रेग्मीको उम्मेदवारी फिर्ता लिएको छ । सो पार्टिबाट उक्त क्षेत्रमा दुई जनाको उम्मेदवारी परेको थियो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले कैलाली क्षेत्र नं. १ मा १९ जना, क्षेत्र नं. २ मा १६ जना, क्षेत्र नं. ३ मा ११ जना, क्षेत्र नं. ४ मा १६ जना र क्षेत्र नं. ५ मा १६ जनाको उम्मेदवारको नाम प्रकाशन गरेको छ । 

प्रतिक्रिया