ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ४ मा चुनाव लड्न अस्वीकार गरेको यथार्थ होः बलायरको सचिवालय

बुधबार ०७, माघ २०८२ ०१:३५

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरको सचिवालयले कैलाली क्षेत्र नं. ४ मा विशेष महाधिवेशनबाट गठित संसदीय बोर्डले गरेको निर्णय अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार बलायरले अस्वीकार गरेको कुरा यथार्थ रहेको बताएको छ । 

सचिवालयले आज फेसबुकमा पोष्ट गर्दै सभापति बलायर नैतिकता, इमानदारिता र क्षेत्र प्रतिको बफादारीता सदा सर्वदा प्रतिबद्ध रहेको जनाएको छ ।

‘२०७९ को निर्वाचनमा निर्वाचित गराउनु  हुने कैलाली ४ का आम जनसमुदाय ,नेपाली काँग्रेसका नेता कार्यकर्ता ,तत्कालीन गठबन्धन दलका नेता कार्यकर्ता र क्षेत्र ४ को समग्र विकास प्रतिको सदा सर्वदा जिम्मेवार रहने कुरा  प्रतिबद्धता ब्यक्त गर्नु भएको छ,’ पोष्टमा भनिएको छ, ‘कैलाली क्षेत्र न. ४ मा आफू निर्वाचन नलड्ने घोषणापछि  बर्तमान नेपाली कांग्रेसको केन्द्रीय समितिको संसदीय बोर्डले टिकटका सम्बन्धमा आफू बोर्डको बैठकमा समेत आफु सहभागी  नभएको र टिकट कस्लाई दिने भन्ने कुनै खालको सरसल्लाह पनि नभएको स्पष्ट पार्नु भएको छ ।’

प्रतिक्रिया