ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘अतिसंवेदनशील’ बाजुरामा शान्तिपूर्ण निर्वाचनका लागि कस्तो छ योजना ?

शनिबार १७, माघ २०८२ १०:३७

धनगढी । अघिल्लो प्रतिनिधिसभा निर्वाचन बाजुरामा शान्त थिएन । निर्वाचनकै क्रममा जिल्लामा दुई जना युवाले ज्यान गुमाएका थिए । त्यस बेला मतदानका दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका– ६ स्थित मतदानस्थलमा कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । 

त्यसै राति सोही नगरपालिकाको वडा नम्बर ७ का चेतन अयडीको हत्या भयो । अनेरास्ववियुुका केन्द्रीय सदस्यसमेत रहेका अयडीको स्थानीयले कुटपिट गर्दा मृत्यु भएको थियो । बुुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि पीपलचौरको मतदान स्थगित भएर पुनः मतदान भएको थियो । 

जिल्लाका २४ मतदान केन्द्र कब्जा गरिएको भन्दै कांग्रेस–एमालेले आरोपप्रत्यारोप गरे । कांग्रेसले ८ र एमालेले १६ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरे । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा छानविनका लागि तीन सदस्यीय टोली नै गठन गरेको थियो । त्यहाँ मतगणना सुरु हुन १४ दिन लाग्यो । 

०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्रहरु तनावग्रस्त रहे । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रहरुमा धा“धली भएपछि पुनः मतदान गराइएको थियो । 

०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रहरुमा ९९ प्रतिशत भन्दा बढी मतदान भएको थियो । जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । ०७४ सालकै  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो । 

०७९, ०७४ का निर्वाचन मात्र होइन, त्यसअघिका अधिकांश निर्वाचनमा पनि धा“धली र झडपका घटना हु“दै आएका छन्, बाजुरामा । ०५४ सालको स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक जना बालकसहित दुई जनाको मृत्यु भएको थियो ।  

आसन्न निर्वाचनमा पनि बाजुरामा स्वतन्त्र र निष्पक्ष निर्वाचनकै चुनौति रहेको धेरैको बुझाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारीका अनुसार जिल्लाका ७७ मतदानस्थलमध्ये तीन वटालाई मात्र सामान्यमा राखिएको छ । ६२ अति संवदेनशील, १२ संवदनशील सूचीमा राखिएको छ । 

हरेक निर्वाचन अशान्त हुने बाजुरामा आसन्न निर्वाचनका उम्मेदवारहरुले मनोनय दर्ता गराएको तेस्रो दिनमै पत्रकार महासंघ बाजुराको अग्रसरतामा आशन्न निर्वाचन शान्तिपूर्ण गर्न भूमिका निर्वाह गर्ने भन्दै नौ बु“दे लिखित प्रतिवद्धता गरेका छन् । 

आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना उम्मेदवार छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिष्स् पार्टीबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा माओवादीबाट भुपेन्द्र बिक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक डिसी र स्वतन्त्रबाट उपेन्द्र शाही चुनावी मैदानमा छन् । शान्तिपूर्ण निर्वाचनका लागि भूमिका निर्वाह गर्न उनीहरु आठै जनाले साझा प्रतिवद्धता गरेका हुन्  । ‘मतदान प्रकृयालाई स्वतन्त्र, शान्तिपूर्ण, पारदर्शी बनाउनका प्रतिवद्ध छौं,’ हस्ताक्षरित प्रतिवद्धतापत्रमा भनिएको छ । 

‘निर्वाचनको प्रचारप्रसारदेखि मतदानसम्मका हरेक क्रियाकलाप सौहार्दपूर्ण, मर्यादित, एकअर्को राजनीतिक दल र उम्मेदवारप्रति सम्मान, आचारसंहिताको अक्षरशः पालना लगायतका प्रतिवद्धता गराएका छौं,’ पत्रकार महासंघ बाजुराका अध्यक्ष पदमबहादुर सिंहले भने, ‘विगतका निर्वाचनले बाजुराको छवि धुमिल छ । आगामी निर्वाचन स्वच्छ र शान्तिपूर्ण होस् भन्ने जिल्लावासीको चाहना हो ।’

विगतको समिक्षा गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी प्रमुख इकवाल हवारी बताउ“छन् । ‘सुरक्षा योजना त माथिबाटै तय भएर आएको हुन्छ,’ उनले भने ‘शान्तिपूर्ण निर्वाचन गराउन जिल्ला तहमा पनि हामी गम्भिरताका साथ जुटेका छौं ।’ 

प्रतिक्रिया