ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको जाखोर ताल क्षेत्रमा डडेल्धुराका युवक मृत फेला

शुक्रबार २३, माघ २०८२ ०९:५७

धनगढी । डडेल्धुराका एक युवक कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका छन् ।

डडेल्धुराको अजयमेरू गाउँपालिका–२ रोल्ली बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार जोशी १९ गतेदेखि सम्पर्कविहीन थिए ।

आफन्त र प्रहरीले खोजतलास गर्दा बिहीबार धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पती उद्यान (जाखोर ताल) पछाडिको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया