ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ का कांग्रेस उम्मेदवार मनुका यस्ता छन् प्रतिबद्धता (पूर्णपाठसहित)

मङ्गलबार २०, माघ २०८२ ०३:४०

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार नरनारायण शाह (मनु)ले घोषणापत्र सार्वजनिक गरेका छन् । कैलालीको धनगढीमा कार्यक्रमको आयोजना गर्दै शाहले घोषणापत्र सार्वजनिक गरेका हुन् । 

शाहले घोषणापत्र सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रतिनिधिसभा र संसदका विभिन्न समितिमा आवश्यक नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यस्तै, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण, पूर्वपश्चिम राजमार्गअन्तर्गत चिसापानी–गड्डाचौकी खण्डलाई छ लेनमा स्तरोन्नति, त्रिनगर भन्सारको स्तरोन्नतिको योजनालाई पनि शाहले आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । 

यस्तै, पश्चिम सेती र पञ्चेश्वर परियोजना, सुख्खा बन्दरगाहा, दैजीछेला औद्योगिक क्षेत्र, हरैया सेज क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्रसंगै महाकली करीडोर, सेती लोकमार्ग र फास्ट ट्रयाक निर्माण तथा सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजना पनि आफ्नो प्राथमिकतामा रहेको शाहले बताए । 


 

प्रतिक्रिया