धनगढी । कैलालीको धनगढीमा रहेको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा आगलागी भएको छ । मंगलबार राति डायग्नोस्टिकमा आगलागी भएको ।
सञ्चालक हरि धामीका अनुसार आगलागीका कारण डायग्नोस्टिकमा दुई करोड बढीको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्येश्यसहित अघिल्लो वर्ष भदौदेखि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको थियो ।
प्रतिक्रिया