ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा बस दुर्घटना : मृतक ८ जनाको सनाखत (नामसहित)

बिहिबार २२, माघ २०८२ १०:००

धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस बिहीबार राति पुर्चौंडी नगरपालिका- ७ बडगाउँमा दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम शाहीले ६ जनाको घटनास्थलमै र २ जनाको स्वास्थ्य चौकीमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा उद्दारको कार्य अहिले पनि जारी छ ।

घाइते ४५ जनालाई उद्दार गरेर स्वास्थ्य चौकी पठाइएको प्रहरी उपरीक्षक शाहीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बस सडकबाट १५० मिटर तल खसेको जानकारी दिए ।

मृतकहरुको नामावली:
१) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४० को केशवराज जोशी
२) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष १३ को अशोकराज जोशी
३) बझाङ बित्थडचिरगाउँपालिका- ७ बस्ने वर्ष ३५ को बसन्त जोशी
४) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४१ को बिष्णुदत्त जोशी
५) बझाङ बित्थडचिर-७ बस्ने वर्ष ४२ को नरेशराज जोशी
६) बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहनदेव भट्ट
७) बझाङ जयपृथ्बी नगरपालिका- ७ बस्ने वर्ष ४० को बसन्तराज रतला
८) बैतडी पुर्चौडी नगरपालिका- ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

प्रतिक्रिया