काठमाडौं । मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ।
चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए ।
त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो । मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ ।
मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी गर्दै सोमबार रातिदेखि तीव्र हावा र हिमआँधी सुरु हुने पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया