ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ४ का एमाले उम्मेदवार लेखराजले सार्वजनिक गरे प्रतिबद्धता (पूर्णपाठ)

बिहिबार ०७, फागुन २०८२ ११:२८

धनगढी । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । कैलाली– ४ बाट उम्मेदवार रहेका भट्टले बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । 

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइने जनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई छ सय शय्याको अस्पतालका रूपमा विकास गरी एमबीबीएस अध्ययनका लागि पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषकलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउ, मल तथा यान्त्रिकीकरणमा जोड दिइने जनाइएको छ । 

औद्योगिक क्षेत्र विस्तार, औद्योगिक कोरिडोर विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक स्थललाई धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गरिने उल्लेख छ । 

निर्वाचन क्षेत्रभित्र आवश्यक सडक निर्माण, स्तरोन्नति र विस्तार, मोटरेबल पुल तथा झोलुंगे पुल निर्माणका लागि पहल गरिने जनाइएको छ । बाढी, पहिरो तथा नदीजन्य कटानबाट प्रभावित क्षेत्र संरक्षणका लागि तटबन्ध निर्माण गरिने योजना पनि समावेश छ । विद्युतीकरण नभएका बस्तीमा विद्युत विस्तार र खानेपानी व्यवस्थापनमा जोड दिइने प्रतिबद्धता जनाइएको छ ।


 

प्रतिक्रिया