ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा जंगलभित्र जलेको अवस्थामा युवती मृत फेला, अनुसन्धानमा खटाइयो दुई टोली

आइतबार ०३, फागुन २०८२ ०८:३३

धनगढी । कैलालीमा एक युवती मृत फेला परेकी छिन् । जिल्लाकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे हो ।

नवप्रगतशिल सामुदायिक वनमा अन्दाजी २५ वर्षीया युवतीकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार शवकाे पहिचान भने खुल्न सकेकाे छैन् ।

युवतीकाे मुख जलाएकाे अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थी नेतृत्वमा एक टोली र  जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धान शाखाको अर्को टाेली खटाइएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको छ । 

प्रतिक्रिया