हाइटीमा पत्रकार सम्मेलन भइरहेको बेला गोली चलेको छ । उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार हाइटीस्थित एक ठूलो सरकारी अस्पताल पुनः सञ्चालनको घोषणाका लागि उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सोही क्रममा एक हतियारधारीले गोली चलाएका हुन् ।
हाइटीको राजधानी पोर्टओ प्रिन्समा यो घटना भएको हो । उक्त अस्पतालमा जुलाईभन्दा पहिले हिंस्रक समूहको कब्जा रहेको बीबीसीले जनाएको छ ।
गोली चल्न सुरु भएको समयमा पत्रकारहरू स्वास्थ्यमन्त्रीको प्रतीक्षामा थिए । घटनामा मारिनेमध्ये दुई पत्रकार र एक प्रहरी रहेका छन् । यो आक्रमण विव अन्समान समूहले गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया