ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ४ मा रास्वपा विजयी, लेखराजको निरन्तर हार

आइतबार २४, फागुन २०८२ ०६:३८

धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइराला विजयी भएका छन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत लिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए ।

कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका लेखराज एक चुनाव बिराएर जित निकाल्न सफल हुँदै आएका थिए । तर, यसपटकको पराजयले उनको निरन्तर हार भएको छ । ०७९ सालको निर्वाचनमा भट्ट काङ्ग्रेसका बीरबहादुर बलायरसंग पराजित भएका थिए ।

प्रतिक्रिया