ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा कांग्रेस-एमालेको विरासत भत्काउँदै रास्वपाको ‘क्लिन स्वीप’

आइतबार २४, फागुन २०८२ ०६:५६

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । तीनवटै क्षेत्रमा रास्वपाले भारी मतान्तरले जित निकालेको हो । 

लामो विरासत रहेका कांग्रेस–एमाले उमेदवारलाई फराकिलो मतान्तरसहित पराजित गर्दा यहाँका प्रतिस्पर्धीहरू धेरैको जमानत जफतसमेत भएको छ । 
कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनकसिंह धामी फराकिलो मतान्तरले विजयी भएका छन् । धामीले दुई पूर्वमन्त्रीलाई पछि पार्दै १३ हजार २२२ मतान्तरले विजयी भएका हुन् । उनले २४ हजार ३३२ मत प्राप्त गरेका छन् । 

उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार विना मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे ।

त्यसैगरी कञ्चनपुर–२ मा पनि रास्वपाका दीपक बोहरा भारी मतान्तरले  विजयी भएका छन् । बोहरा कांग्रेस नेता पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरे ।

साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।  नेकपाका माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गरे । राप्रपाका तीर्थराज चटौटले एक हजार ९९३ मत प्राप्त गरे ।

यस्तै, कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महताले २७ हजार ११८ मत प्राप्त गरेका छन् । महताले १७ हजार ६७५ मतान्तरले कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् । बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् । एमालेका दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरे । नेकपाका मानबहादुर सुनारले चार हजार २८४ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया