ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पुनर्वासमा माओवादीको खबरदारी सभा, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

बिहिबार १२, पुष २०८१ ०५:४६

धनगढी । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा खबरदारी सभा गर्ने भएको छ । यही पुस १३ गते आयोजना गरिने सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले खबरदारी सभाको तयारी भइरहेको बताए । यसबारे जानकारी दिन आज पुनर्वासमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गलत कामबारबाहीलाई जनतासमक्ष पु¥याउन खबरदारी सभा गर्न लागिएको बताए ।

उनले भ्रष्टाचार र बेथितीविरुद्ध माओवादीले खबरदारी सभाहरु गरिरहेको जानकारी दिए । काठमाडौँबाट सुरु भएको खबरदारीलाई तलसम्मै लैजान लागिएको उनको भनाइ थियो । ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायसहित १८ महिनाको नेतृत्व गर्नुभयो’ पोखरेलले भने, ‘अर्को सरकार आएपछि मुलुकलाई जुन दिशामा लैजान खोजिएको छ त्यसबारे जनतालाई जानकारी गराउँछौँ ।’

‘भ्रष्टाचारका फाइल थन्किए’

प्रचण्ड नेतृत्वले खोलेका भ्रष्टारका फाइलहरु अहिलेको सरकारले थन्क्याएर राखेको उनले बताए । ‘अघिल्लो सरकारमा भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोलिएका थिए’ पोखरेले भने, ‘अहिले कुन कुनामा ती अड्किएका छन् । यहाँहरुलाई थाहै छ ।’ 

पोखरेलले संविधान संशोधनको सबैभन्दा बढी पक्षमा माओवादी रहेको दावी गरे । उनले संविधानका उपलब्धी कमजोर पार्ने गरी हुने संशोधन भने स्विकार्य नहुने बताए । ‘संविधान बनाउँदा नै आफ्ना असहमति राखेर हामी अगाडि बढेका हौँ । कोही संविधान संशोधनको पक्षमा छ भने सबैभन्दा बढी हाम्रो पार्टी छ’ उनले भने, ‘हामी शासकीय स्वरुपको यो मोडेल बदल्न चाहन्छौँ । हामी निर्वाचन प्रणाली बदल्न चाहन्छौँ ।’

संविधान संशोधनबारे प्रतिपक्षले हालसम्म कुनै संवाद नगरेकोमा उनले असन्तुष्टि जनाए । ऐननिर्माण आदि दश वर्षभित्र गरिसक्नुपर्ने काम पुरा गरेरमात्र संविधान संशोधनको कुरा गर्नु जायज हुने उनको तर्क थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले निहुँ खोजिरहेको विषयलाई माओवादीले सुक्ष्मरुपमा हेरिरहेको उनले बताए । 

प्रतिक्रिया