ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद

बिहिबार ११, पुष २०८१ ०६:२४

धनगढी । लक्ष्मी सनराईज बैंकले आफ्नो ‘डिजिटल डिसेम्बर’ पहलअन्तर्गत डिजिटल वित्तीय सचेतना फैलाउने उद्देश्यले धनगढीका व्यापारी, कर्मचारी, प्राध्यापक, जनप्रतिनिधि तथा अन्य सरोकारवाला पक्षसँग डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवद्र्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तक्र्रिया कार्यक्रमहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाइरहेको छ । यसै सन्दर्भमा बैंकले धनगढीका व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायतको उपस्थितिमा डिजिटल कारोबारका सहजता र समस्याका विषयमा संवाद कार्यक्रम गरेको हो । 

धनगढीका व्यवसायी तथा पेशाकर्मीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक सुवास आचार्यले डिजिटल भुक्तानी र कारोबार आजको युगमा महत्वपूर्ण बन्दै गएको बताए । उनले यसबाट हुनसक्ने स्क्याम तथा अन्य ठगीबाट बच्न ग्राहकहरु सचेत बन्नुपर्ने कुरामा जोड दिए । 

डिजिटल संवाद कार्यक्रममा बोल्दै कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक  दिपकराज पन्तले क्याम्पसका विभिन्न पाठ्यक्रमलाई समेत परिमार्जन गर्दै डिजिटल बैँकिङ्ग प्रविधि सम्बन्धी कक्षाहरु पनि सञ्चालन गर्दै लागिने बताए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले डिजिटल ठगी र यसबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिएका थिए । 

एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्त, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्साल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका सचिव नरदिपबहादुर धामीले विद्यालय, व्यवसायी तथा जनसमुदायमा डिजिटल बैंकिङको बढ्दो प्रयोग र यसमा देखिएका समस्याबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा खल्तीको तर्फबाट दिनेश वस्तीले पनि डिजिटल बैँकिङ्गबारे आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा लक्ष्मी सनराइज बैंकका डिजिटल च्यानल अपरेशन्स विभागका प्रमुख सुमनप्रसाद गेलाल, लक्ष्मी सनराइज बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सिद्धबहादुर भण्डारीलगायत पदाधिकारीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया