धनगढी । चालु आर्थिक वर्षको पाँच महिनामा सुदूरपश्चिमका दुई जिल्लाका भन्सारबाट वस्तुको आयात र निर्यात भएको छ । भन्सार विभागका अनुसार कैलाली र कञ्चनपुरको भन्सारमार्फत भातरबाट वस्तुको आयात र निर्यात भएको हो ।
वस्तु आयात र निर्यातको विवरण हेर्दा सुदूरपश्चिम प्रदेशको व्यापार घाटा भयावह देखिन्छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० अर्ब बढीको आयात हुँदा निर्यात भने ४० करोडको मात्रै भएको छ । कैलालीको नाकाबाट नौ अर्ब २३ करोड १४ लाखको वस्तु आयात भएको छ भने ३९ करोड ९९ लाखको निर्यात भएको छ ।
यस्तै कञ्चनपुरको नाकाबाट ८२ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै २२ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया