ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा राष्ट्रिय उसु प्रतियोगिता सुरू

आइतबार १४, पुष २०८१ ०९:४७

धनगढी । कैलालीको धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोग तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा सान्सौं विधामा सिनियर र जुनियर उसु प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरिन ।

सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजिव गुप्ताका अनुसार प्रतियोगितामा कोसी र मधेसबाहेक पाँच प्रदेश र विभागीय टोली नेपाल प्रहरी गरि ६ टिमको सहभागिता छ । ‘सिनियरतर्फ पुरुषमा सात वटा तौल समूह र महिलामा ६ वटा तौल समूहमा खेल भइरहेका छन्,’ उनले भने, ‘जुनियरतर्फ चार तौल समूहमा पुरुषतर्फ र चार तौल समूहमा महिलातार्फ प्रतिस्पर्धा भइरहेको छ ।’

उनका अनुसार २२ स्वर्ण, २२ रजत र ४४ कास्य गरी ८८ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा सिनियरतर्फ पहिलो हुने टिमलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारसहित पदक प्रदान गरिने छ । यस्तै, जुनियरतर्फ पहिलो हुने टिमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजारसहित पदक प्रदान गरिने छ । 

सुदूरपश्चिमकी उसु खेलाडी निता खड्काको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्काको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया